जनकपुरमा ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने भारतीय नागरिक सार्वजनिक

काठमाडौं, २२ असार । जनकपुरधाम उपमहानगरपालिकामा बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीले बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई सार्वजनिक गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको बलात्कारपछि हत्या भएको हो।

गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन्। त्यसको दुई दिनपछि दुधमति नदी छेउमा उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

बुधबार मृतक कंचन आँप टिप्न चौधरी र मिश्र इन्ड्रष्टिजमा जाँदा सिंहले आँप दिने भन्ने प्रलोभन देखाई ललाई फकाई सो इन्ड्रष्टिजको पछाडि पट्टीको बगैचाको एकान्त कुनामा लगी बलात्कार गरेर मुख थुनी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रहरी अनुसन्धानबाट चौधरी र मिश्र इण्डस्ट्रिजमा चार–पाँच महिना अघि काम गर्न आएका खुल्न आएको छ।

हत्यापछि उनले शवलाई सोही ठाउँमा लुकाई भोलिपल्ट बिहान आफूले प्रयोग गर्दै आएको ब्ल्याङ्केटमा बेरेर दुधमति नदी नजिकको झाडीमा फालेका थिए।

सिंहले प्रहरी समक्ष बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। अनुसन्धानको क्रममा प्रहरीले सिंहलाई आइतवार दिउँसो १ बजे नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here