कोरोना रोकथामको लागि माहाकाली नगरपालिकालाई इन्फिनिटिको सहयोग

पप्पु गुरुङ्ग

दोधारा, २२ असार । इन्फिनिटि लघुबित्त बित्तिय संस्था लिमिटेड दोधारा चाँदनीले कोरोना भाइरस संक्रमण रोकथामका लागि माहाकाली नगरपालिकालाई सहयोग गरेको छ ।

संस्थाले आइतबार नगरपालिकालाई र१० हजार चेक सहयोग गरेको हो । संस्थाका शाखा प्रमुख महेश ओझाले नगर प्रमुख बीर बहादुर सुनारलाई १० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको जानकारी दिए ।

यस अघि माहाकाली नगरपालिकामा कोरोना भाइस संक्रमण रोकथामका लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चापुर, नेकपा माहाकाली नगर कमिटि सचिव भिम कुमाल, निड्स नेपाल कञ्चनपुर लगायत व्यक्ति तथा संस्थाहरुले नगद तथा समान प्रदान गरि सघाउँदै आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here