शहीद गंगालाल हृदय केन्द्रको ओपडी सेवा अनिश्चितकाललाई बन्द

काठमाडौं, २३ असार । शहीद गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारारत विरामीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा अनिश्चितकाललाई बन्द गरिएको छ ।

अस्पतालले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि ओपिडी सेवा हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।

अस्पताल प्रशासनका अनुसार ओपडी सेवा बन्द गरिए पनि आकस्मिक सेवा भने जारी राखिने छ ।

कोरोना संक्रमण देखिएका सबैजनालाई नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here