काठमाडौं, २३ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा लगातार दोस्रो सकारात्मक सर्किट लागेको छ।
मंगलबार ४४० रुपैयाँमा पहिलो कारोबारको खुलेको ९ मिनेट अवधिमा प्रतिकित्ता ४४ रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४८४ पुगेको हो। सोमबार पनि सकारात्मक सर्किट लागेको थियो ।
कम्पनीको सेयर खरीदका लागि २७ हजार बढी कित्ता सेयरको माग मार्केट डेप्थमा देखिएको छ।