सुनको भाउ प्रतितोला ७ सय बढ्यो

काठमाडौं, २३ असार । मंगलबार सुन प्रतितोला ७ सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार प्रतितोला ८९ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार ९० हजार ४ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

चाँदी तोलामा १० रुपैयाँ बढेर ९ सय ५० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here