नेप्से परिसूचक २२ अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ, १५ वैशाख । केही समययता लगातार बढ्दै आएको सेयर बजार आइतबार पनि बढेको छ ।

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा २२.३९ अंकले वृद्धि भइ १३१४.५१ पुगेको छ ।  याे तीन महिना यताकै उच्च विन्दु हाे । आइतबार १७६ कम्पनीका ४९ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

आइतबार बैंकिङ र वित्त बाहेक अन्य सबै समूहको परिसूचक बढ्यो । सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ६२९ अंकले बढ्यो, त्यस्तै निर्जीवन बीमा समूहको सूचक ४६२ अंकले बढ्यो ।

लघुवित्त, होटेल, जलविद्युत, उत्पादनमुलक समूहको सूचकमा पनि उल्लेख्य वृद्धि भएको छ ।

बैंक समूहको सूचक ९.०२ अंकले घट्दा वित्त समूहको सुचक ०.६८ अंकले घट्यो ।

आइतबार सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको २३ करोड १९ लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा छिमेक लघुवित्त विकास बैंकको ९ करोड २३ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here