धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीले आइपीओ भर्न नपाउने (प्रतिवेदनको पूर्ण पाठ)

काठमाडौं, २३ असार । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कार्यरत कर्मचारीले साधारण सेयर (आइपीओ) समेत खरिद गर्न नपाउने भएका छन् ।

समितिले पूँजीबजार तथा मुद्राबजार बारे अध्ययन गर्ने गठन गरेको उपसमितिले कर्मचारीलाई साधारण सेयर (आईपिओ) मा समेत आवेदन दिन रोक लगाउन सिफारिस गरेको हो ।

यी संस्थाका कार्यरत कर्मचारीले सेयर बजारमा प्रत्यक्ष सहभागी जनाउँदा अनावश्यक चलखेल हुन सक्ने भन्दै साधारण सेयर समेत खरिद गर्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

यस्तै, नेपाल धितोपत्र बोर्डका कर्मचारीले सेयर खरिद गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरेको छ । ‘सेबोनका पदाधिकारी र कर्मचारीले आफूसँग यसभन्दा अगाडि रहेका आइपीओका सेयरहरु बिक्री गर्ने बाहेक सेयर कारोबार गर्न नपाउने व्यवस्थ गर्ने’ प्रतिवेदनमा उल्लेख छ। नियामकका कर्मचारीहरुले आफूसँग के कति सेयर छ भनेर सार्वजनिक पनि गर्नु पर्ने छ।

यसअघि भरेर परेको साधारण सेयर अहिले नै बिक्री गर्न बाध्य भने हुने छैनन्। यो प्रतिवेदनमाथि पूर्ण समितिमा छलफल भने हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here