मेगा बैंकका ग्राहकलाई राइजिङ मलमा किनमेल गर्दा छुट

काठमाडौं, १५ वैशाख । मातातिर्थ औंसीको अवसर पारेर मेगा बैंकले आफ्ना ग्राहकलाई एक सातासम्म विशेष छुटको अफर ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकलाई दरबारमार्ग स्थित राईजिङ मलमा किनमेल गर्दा १० प्रतिशत वा बढीमा एकहजार सम्म छुटको व्यवस्था गरेको हो ।

फोन पे मोवाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिक कार्ड मार्फत सपिङ्ग गर्ने ग्राहकहरुले छुट पाउन सक्ने बैंकले बताएको छ ।

यो अफर वैशाख १५ गतेबाट सुरु भई मातातिर्थ औंसी अर्थात वैशाख २१ गतेसम्म रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here