एनआइसी एशिया लघुवित्तको सेयर बिहीबारदेखि कारोबार हुने

काठमाडौं, २४ असार । एनआइसी एशिया लघुवित्तको प्राथमिक साधरण सेयर (आइपीओ) बुधबार नेप्सेमा सूचीकृत भएको छ ।

गत शनिबार आइपीओ बाँडफाँट गरेको कम्पनीले संस्थापक र आइपीओ गरी कुल १ करोड ४८ कित्ता सेयर सूचीकरण गरेको हो । योसँगै अब बिहीबारबाट कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।

नेप्सेले कम्पनीको कारोबारका लागि एनआइसीएलबीएसएल (NICLBSL) कारोबार संकेत प्रदान गरेको छ।

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा सर्वसाधारणमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

नेप्सेले लघुवित्तको सेयर पहिलो कारोबारका लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर लघुवित्तको कारोबार खुल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here