काठमाडौं, २४ असार । साधना लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर (आईपीओ) १६ गुण बढी आवेदन परेको छ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।
जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएको थियो ।
आइपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन रित नपुगेका कारण रद्ध भएका छन् ।
आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ ।
संस्थाले गत आइतबार (असार २१ गते)देखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो।
निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।