अजोड इन्स्योरेन्सको आईपीओ खुल्यो, कत्तिको किन्नु उचित होला ?

काठमाडौं,२५ असार । अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) साधारण सेयर (आइपीओ) को आवेदन खुल्ला गरेको छ ।

निष्कासित हुने कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा असार २९ गते (बैंकिङ समयपश्चात्) बन्द हुनेछ।

अजोड इन्स्योरेन्सको ३० करोडको आईपीओमा खरिद आवेदन खुल्यो, इन्स्योरेन्स कम्पनी हुनाले पनि धेरै आवेदन पर्ने हुदाँ १० कित्ताको लागि नै आवेदन प्रयाप्त हुनेछ ।

कम्पनीले गत चैत्र मसान्तसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । सो कम्पनीको बीमा बजारमा ३ प्रतिशत हिस्सा छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स १५ औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here