एनएमबी बैंकको आठौं हेरिटेज वाक सम्पन्न

काठमाडौं, १५ वैशाख । एनएमबी बैंकले विश्व सम्पदा दिवसको अवसरमा आठौं ‘हेरिटेज वाक २०१९’ सम्पन्न गरेको छ ।
आम जनता र स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउन तथा सम्पदाको उचित संरक्षण गर्नुपर्छ भन्ने धारणा विकास गर्नको लागि हेरिटेज वाक आयोजना गरिएको बैंकले बताएको छ ।

बैंकले विगत ७ वर्षदेखि प्रत्येक वर्ष लगातार हेरिटेज वाक गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका थिए ।

हेरिटेज वाक बैंकको सितापाईला शाखाबाट सुरुवात भई स्वयम्भुमा पुगेर अन्त्य भएको थियो । हेरिटेज वाकपछि कर्मचारीहरूले स्वयम्भु क्षेत्रकाे सरसफाइ पनि गरेका थिए ।

बैंकले स्वयम्भुका व्यवस्थापन तथा महासमितिका प्रतिनिधिहरुलाई १६ थान डस्टबिन हस्तान्तरण समेत गरेको थियो ।

त्यस्तै हेरिटेज वाकमा बैंकका कर्मचारीहरुले खिचेका देशका विभिन्न स्थानहरुको फोटोे प्रर्दशनी पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here