सशस्त्र प्रहरीको सक्रियतामा दोधारा चाँदनी सीमाक्षेत्रबाट अवैध समान बरामद

पप्पु गुरुङ्ग

दोधारा,२५ असार । प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा माहाकाली नगरपालिकाको सशस्त्र प्रहरी सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सशस्त्र प्रहरीले माहाकाली नगरपालिका वडा नं. ३ मा बेस क्याम्प स्थापना गरि भारतसंग जोडिएको माहाकाली नगर क्षेत्रको झण्डै ३५ किलोमिटर भु–भागमा रेखदेख गर्दै आएको छ् । बेस क्याम्पको मातहतमा रहेको ४ वटा थप क्याम्प निमार्ण गरि सीमाक्षेत्रमा हने आपराधिक गतिविधि र चोरी तस्करी रोकिएको स्थानियहरुको ठहर छ् ।

सशस्त्र प्रहरी फेरिएको स्थानियको ठहर छ् । बिगतमा बिभिन्न समयमा ओरोपित हुदै आएको माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीलाई तोड्दै भण्डारीको कमाण्डमा पछि सशस्त्र प्रहरी जनतामा समर्पित रहेको प्रष्ट्याएको छ् ।

माहाकाली नगरपालिका क्षेत्रमा सिमा क्षेत्रमा चोरी तस्करी होस् या सिमा क्षेत्रमा अशान्ति जग्गा बिबाद सशस्त्र प्रहरीले साम्य पार्दै आएको छ् ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा ज्यान जोखिममा राख्दै गरेको उल्लेखनिय कार्य प्रति सशस्त्र प्रहरीलाई माहाकाली नगरपालिका क्षेत्रका स्थानियहरुले सशस्त्र प्रहरीप्रति खुशी देखिएका छन् ।

कोभिड १९ को बेला माहाकाली नगर क्षेत्रमा सशस्त्र प्रहरीको उल्लेखनिय भुमिका रहेको जानकारहरु बताउदै आएका छन् ।

नेपाल–भारत सिमा क्षेत्र सिल गरेपछि माहाकाली नगरपालिकाको भारत जोडिएको खुला नाकामा सशस्त्र प्रहरीले थोरै जनशक्ती बाबजुत सीमा क्षेत्र कसिलो बनाएको हो ।

सशस्त्र प्रहरीले गएराती माहाकाली नगरपालिका वडा नं। १ गडीगोठ नेपाल–भारत सिमा क्षेत्रबाट झण्डै ३ लाख बराबरको बिडी, मसाला तथा भेटनरीको अबैध समान बरामद गरेको छ् ।

बिशेष सुराकीको आधारमा गडीगोठको नेपाल–भारत सीमाक्षेत्रबाट अबैधरुपमा नेपाल भित्र्याउदै गरेको उक्त समान बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक भण्डारीले जनाएका छन् ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको टोलीले गडीगोठ क्षेत्रमा नेपाल भित्र्याउदै गरेको झण्डै ३ लाख बराबरको बिडी, मसाला तथा भेटनरीको समान बरामद गरेको हो ।

गस्ती टोलीलाई देखेर तस्करहरु मोटरसाईकलबाट समान फालेर भागेको बताईएको छ् । सशस्त्र प्रहरीले बर्षौ देखिको तस्करहरुको ‘चेन’ लाई तोड्दै छ् ।

प्रहरी निरिक्षक राम सिंह भण्डारीले सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीको कमाण्ड सम्हाले पछि झण्डै रु। ६५ भन्दा बढीको भारतबाट तस्करी भईआएको अबैध समान बरामद गरि भन्सार कार्यालय गड्डाचौकी बुझाउन सफल भएको छ् ।

यस क्षेत्रमा अझै सम्मको सबै भन्दा ठुलो मात्रामा अबैध समान बरामद गरेको बिभागको ईतिहासमा छ् । खुला सिमा क्षेत्रको कारण तस्करहरुको अनगिन्ती बाटाहरु छन् । जसका कारण सीमामा सुरक्षा चुनौती छ ।

सरकारले सीमा सुरक्षाका लागी नाकामा सशस्त्र प्रहरीलाई परिचालन गरेको छ् । सीमा सुरक्षा संग धेरै कुरा जोडिन्छन् ।

सीमामा हुने सबै प्रकारका अपराध संगै हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्दै आएको छ् ।

तस्करका योजना तोड्ने काम गर्न थालेपछि स्थानीयहरुले सशस्त्र प्रहरीलेको राम्रो काम गरेको मुल्यांकन गरिरहेका छन् । स्थानीयबासीले तस्कर बिरुद्ध निरन्तर अप्रेसन चलाउन सशस्त्र प्रहरीलाई सुझाव दिदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here