ग्लोबल आइएमई बैंकका सीईओ कुँवरद्वारा राजीनामा

काठमाडौं, २५ असार । परशुराम कुँवरले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट दिएको राजिनामा स्वीकृत भएको छ।

बैंक सञ्चालक समितिले साउन १ गतेदेखि लागू हुने गरी कुँवरले दिएको राजीनामा स्वीकृत गरेको हो।

स्वास्थ्यको कारण देखाउँदै क्षेत्रीले २०७८ जेठसम्म कार्यकाल भए पनि बीचमै बैंक छोडेका हुन्।

ग्लोबल र जनता बैंक मर्ज हुँदा संचालक समिति अध्यक्ष ग्लोबल बैंकका रहने र प्रमुख कार्यकारी अधिकृत जनता बैंकका रहने समझदारी भएको थियो ।

सोही समझदारी अनुसार अहिले ग्लोबल आइएमई बैंकको संचालक समिति अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने सीइओको जिम्मेवारीमा कुँवर थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here