काठमाडौं, २६ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको छ।
कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ।