आजबाट संसदको बजेट अधिवेशन

काठमाडौं, १६ बैशाख । संघीय व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारबाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले वर्षे अधिवेशन आह्वान गरेकी हुन् । संघीय सचिवालयका अनुसार सोमबार दिउसो ४ बजेका लागि संघीय संसदको बैठक बस्दैछ ।

बजेट अधिवेशन सरकारको नीति तथा कार्यक्रम, बजेट र विनियोजन विधेयकमा छलफल हुन्छ । आगामी आवको सरकारको नीति तथा कार्यक्रम वैशाख २० मा संघीय संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने प्रावधान छ । संघीय बजेट भने जेठ १५ मा ल्याउनु पर्ने प्रावधान छ ।

यस सिजनमा अघिल्लो संसदबाट थाति आएका विद्येयक पारित गर्ने तथा थप दुई दर्जन हाराहारी नयाँ विद्येयक प्रस्तुत गर्ने तालिका छ ।

नीति तथा कार्यक्रम अर्थ मन्त्रालयको संयोजनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालये तयार पारिरहेको छ । उता, अर्थ मन्त्रालय पनि आगामी आवको बजेट निर्माणमा जुटेको छ । अब बजेटका लागि १ महिना मात्र बाँकि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here