उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ असार । उपत्यकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको हो ।

शुक्रराज ट्रपिकलमा गरिएको नमुना परीक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १३ जना र काठमाडौंका १५ जनामा कोरोना पुष्टि भएको हो।

यही अस्पतालमा भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here