सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

फाइलफोटो

काठमाडौं, २६ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ ।

महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले तत्कालको अवस्थामा सार्वजनिक सवारी संचालन गर्न नसक्ने निष्र्कष निकालेको हो ।

उनीहरुले यातायत संचालनका लागि पुनर्कजा, ब्याजदर छुट, बीमा, किस्ता तिर्ने अवधी थप, रुट परमिट, ब्लुबुक, सवारीचालक अनुमतीपत्र नवीकरणमा शुल्क छुट लगायतका मागहरु राखेका छन्।

मन्त्रिपरिषदको बैठकले शुक्रवारदेखि नै काठमाडौं उपत्यकाका तीनै जिल्ला र अन्यमा जिल्लाभित्र संचालन गर्न दिने निर्णय गरेपछि महासंघको बैठक बसेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here