काठमाडौंमा कोरोना संक्रमित बिरामीको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २७ असार । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्रोतले जनाएको छ ।

लामो समय देखि विभिन्न रोगहरुसँग लड्दै आएका ति पुरुषको स्वास्थ्यमा समस्या आएपछि असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो ।

तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।

सो अस्पताल भर्ना गरिएसँगै उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण देखिएका उनको बिहिवार मृत्यु भएको थियो। मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

तर स्वास्थ्य मन्त्रालयबाट भने औपचारिको पुष्टि हुन बाँकी रहेको छ । संक्रमित पुरुषको मृत्यु भए संगै गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले उनको घर क्षेत्रलाई सिल गरि कन्ट्रयाक्ट ट्रेसिंगको काम शुरु गर्ने जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here