साझा यातायातले बस सेवा सञ्चालन गर्ने

काठमाडौं, २७ असार । साझा यातायातले आफ्नो सेवा सुरु गर्ने भएको छ । साझा यातयातका अध्यक्ष कनकमणि दीक्षितले शनिवार सामाजिक सञ्जाल मार्फत छोटो दुरीमा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

सार्वजनिक यातायात व्यवसायीले आन्दोलन गरेपनि साझाले सरकारले तोकको मापदण्ड अनुसार बस चलाउन लागेको हो । शुरुमा नियमित रुपमा बस चलाउने साझाको तयारी छ । चार महिनादेखि बन्द रहेका गाडी चलाउनका लागि साझाले अहिले मर्मतको काम गरिरहेको छ ।

सरकारले बिहीबार छोटो दुरीमा सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो । सार्वजनिक यातायातले ५० प्रतिशत सिट क्षमतामा ५० प्रतिशत भाडा बढी लिएर यात्रु बोक्न पाउने सरकारले जनाएको छ ।

यातायात व्यवसायी महासंघ र सार्वजनिक यातायात केन्द्रिय महासंघले भने तत्काल बस सेवा सुरु नगर्ने घोषणा गरिसकेका छन् । उनीहरुले बैंकको किस्ता, स्वास्थ्य बीमा, स्वस्थ्य सुरक्षा मापदण्ड लगायतका माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here