पजेरो गाडीको उत्पादन बन्द गर्दै मित्सुबिसी

काठमाडौं, १६ वैशाख । जापानी अटोनिर्माता मित्सुबिसीले आफ्नो चर्चित अफरोड गाडी पजेरोको उत्पादन बन्द गर्ने घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार आगामी अगस्ट देखि पजेरोको व्यावसायीक उत्पादन बन्द गरिनेछ ।

यो सँगै कम्पनीले पजेरोको अन्तिम भर्सनको रुपमा फाइनल एडिसन बजारमा ल्याउने तयारी गरेको छ ।

जम्मा ७ सयको संख्यामा उत्पादन गरिने फाइनल भर्सनमा पावर सनरुफ र रुफ रेल सहित रियर स्पोइलर तथा आल्मुनियम प्लेट हुनेछ । साथै इन्टेरियरमा ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन रहनेछ ।

३.२ लिटरको टर्वो डिजेल इन्जिन जडित पजेरोले १९२ पीएस पावर र ४४१ एनएम टर्क दिनेछ ।

मित्सुबिसीले सन् १९८२ मा पहिलोपटक फुल साइज एसयुभीको रुपमा पजेरो सार्वजनिक गरेको थियो ।

त्यसपछि आकर्षक लुक्स र शक्तिशाली क्षमताको कारण पजेरो विश्वव्यापी रुपमा प्रख्यात ब्राण्ड बन्यो । नेपालमा पनि विलासी गाडीकाे रूपमा पजेराे लाेकप्रिय रहेकाे छ ।

कम्पनीले विभिन्न समयमा पजेरोलाई अपग्रेड गर्दै विभिन्न भर्सनहरु सार्वजनिक गर्दै आएको थियो ।

तर, गाडीको बिक्री संख्या घट्न थालेपछि पजेरोको ३७ वर्षे यात्रालाई पुर्णबिराम लगाउने मित्सुबिसीको निर्णय आएको बताइएको छ ।

(एजेन्सीकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here