भारत र चीनमा नेपाल टेलिकमकै जिएसएम प्रिपेड नम्बर चलाउन सकिने

काठमाडौं, १६ वैशाख । नेपाल टेलिकमले सोमबारदेखि जिएसएम प्रिपेड अन्तराष्ट्रिय रोमिङ सेवा सुरुवात गर्ने भएको छ ।

सुरुमा सेवा भारत र चीनमा लागू हुने यो सेवा सञ्चालन गर्ने टेलिकमले बताएको छ ।

अब नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुले चीन वा भारत गएको बेलामा आफ्नै मोबाईलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस गर्न सक्छन् ।

त्यसैगरी सोही मोबाईल नम्बर बाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् ।
चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्ने टेलिकमले जानकारी दिएको छ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए ।

सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको टेलिकमले जानकारी दिएको छ । यसअघि टेलिकमले जीएसएम पोष्टपेड सेवामा मात्र अन्तराष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here