गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ असार । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार तनहुँ, पर्वत, बाग्लुङ, गोरखा, लमजुङमा थप १५ जनामा कोरोन पृष्टि भएको हो ।

संक्रमित हुनेमा ऋषिङका तीनजना र ब्यास, भानु र शुक्लागण्डकीका एक–एक पुरुष छन । पर्वतको फलेबास र महाशिलाका एक–एक जना पुरुषमा संक्रमित थपिएका छन् । बाग्लुङको जैमिनी र ढोरपाटनका दुई जना पुरुषमा कारोना पुष्टि भएको छ ।

नवलपुर बर्दघाट, स्याङजाको भिरकोट र गोरखाको सिचारनचोकमा एक–एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । लमजुङमा मध्यनेपाल र बेंशीसहरमा दुई संक्रमित थपिएका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९२ पुगेको छ । तिमध्ये ७ सय ३६ जना डिस्चार्ज भैसकेका छन् । संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here