साधना लघुवित्तको आइपीओ सोमबार साँझ पाँच बजे बाँडफाँड हुने

काठमाडौं, २९ असार । साधना लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ। आइपीओ ग्लोबल आइएमई क्यापिटलको कार्यालय, जमलमा साँझ पाँच बजे बाँडफाँड हुने क्यापिटलले जनाएको छ।

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेको छ ।

जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हो । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएको थियो ।

आइपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन रित नपुगेका कारण रद्ध भएका छन् ।

आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ ।

संस्थाले गत आइतबार (असार २१ गते)देखि ७ करोड ७ लाख ८० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । संस्थाले प्रतिकित्ता रु. १०० दरका ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो।

निष्कासित कुल सेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here