ब्याजदरको सिण्डिकेट तोडियो, अब बैंकहरूले आफूखुसी ब्याज तोक्ने

काठमाडौं, २९ असार । बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि बैंकहरूले ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेका छन् । बैंकहरुकै सहमतिमा भद्र सहमति नामको सिण्डिकेट दुईवर्ष पछि तोडिएको हो ।

योसँगै अब बैंकहरुले बजारमा आधारित रहेर ब्याजदर तोक्न पाउनेछन् । भद्र सहमति खारेज गरेसँगै आगामी साउन १ गतेबाट बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन् ।

कोरोनाका कारण आर्थिक गतिविधि प्रभावित भएकाले कर्जा लगानी नहुँदा लागत घटाउन बैंकहरूले निक्षेपको ब्याजदर घटाउने निष्कर्षमा पुगेका हुन् ।

लकडाउनपछि कर्जाको माग शून्य छ। बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए।

साउन एक गतेदेखि बैंकहरुले यहि व्याजदरको सीमाभित्र रहेर काम गर्नै पर्ने बाध्यता हटाउनुपर्ने माग गरेका हुन्। उनीहरुका अनुसार साउन एक गतेदेखि बैंकको अनुकुलता अनुसार व्याजदर निर्धाण गर्न सक्ने छन्।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा औसत मुद्रास्फीति करिब साढे ६ प्रतिशत छ । जसअनुसार अब बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर साढे ६ प्रतिशतसम्म झार्ने सम्भावना छ ।

चैत मसान्तसम्म बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा साढे ९ प्रतिशत तथा संस्थागतमा साढे ८ प्रतिशत र बचतमा साढे ६ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here