साधना लघुवित्त आइपीओ: ७ सय ९१ आवेदन रद्ध, ३ लाख ८१ हजार आवेदक खाली हात

काठमाडौं, २९ असार । साधना लघुवित्त आइपीओ बाँडफाँड भएको छ। ग्लोबल आइएमई क्यापिटलको कार्यालय,जमलमा सोमबार साँझ आइपीओ बाँडफाँड भएको हो ।

६६ हजार १५२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन भने बाँकी आवेदकको हात खाली भएको छ।

लघुवित्तको आइपीओमा ३ लाख ८१ हजार ६७७ जना आवेदकको भने हात खाली भएको हो। लघुवित्तको आइपीओमा आवेदन गर्ने ७९१ वटा आवेदन आवेदन रद्ध भएको छ।

लघुवित्तले असार २१ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here