डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं, ३० असार । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै सोमबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हाल जारी चुक्ता पूँजीको १०.६०४ प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने आइपीओ निष्काशनपछि २ अर्ब २५ करोड रुपैया पुग्नेछ ।

गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here