प्राइम लाइफको साधारणसभा सम्पन्न, १२.५ प्रतिशत बोनस पारित

काठमाडौं, ३० असार । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभाले १२.५ प्रतिशत बोनस वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको छ ।

कम्पनीले साधारणसभाबाट आर्थिक वर्ष २०७४/७५ का वित्तीय विवरणका साथै बोनस सेयर प्रदान गर्ने निर्णय पारित गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात् चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here