गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, ३१ असार । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो ।

म्याग्दीका ९, तनहुँका ३, नवलपरासीपूर्वका ११, गोरखाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ९ सय २५ रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here