कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस सं‌क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार बुधबार रौतहटको परूवा नगरपालिका-७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो ।

उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

बुधबार बिहान उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here