माइती नेपालको सामुदायिक भान्साले दोधाराको बादी बस्तीमा खुशीयाली

पप्पु गुरुङ्ग, दोधारा, १ साउन । कुनै बेला दोधारा चाँदनीका बादी परिवार माटोका सुल्पा, मादल बनाएर अन्नपात संग साट्थे ।

त्यसरी आएको अन्न जहान परिवारले खाएर पनि बढी हुन्थ्यो । बचेको अन्न उनी बिक्री गर्थे । माहाकाली नगरपालिकाको वडा नं। ६ नदीको किनारमा बस्दै आएको झण्डै १२ बादी घरपरिवार जीविकामा यो व्यवसायले राम्रै भरथेग गरेको थियो ।

तर अहिले उनीहरुको पुख्र्यौली पेसा लोप भइसकेको छ् । ‘केही वर्ष पहिला माटोको सुल्पा र मादल बनाउन घरमै अर्डर दिन आउथे,’ सपना बादीले भने,– ‘आज भोलि दिनभरी गाँउ चहार्दा पनि किन्ने कोही भेटिदैनन् ।’

उनिहरुले निमार्ण गर्ने मादल र माटोको सुल्पा अचेल प्रयोग हुनै छाडेको छ् । बस्दै आएका १२ घरधुरी बस्ती पलाएन भएर २ घरधुरी मात्रै छन् । रोजगारीको आभव र उनिहरुको पुख्र्यौली पेसा गा“उ बस्तीमा चहारेर माग्ने कार्य पनि हराउन थालेको छ् ।

गाँउ बस्तीमा चहारेर माग्दै गर्दा थोरै अन्नपात उठ्ने र घरमा चुल्हो जलाउन समस्या पर्दै आएको सपना बादी बताउँछन् । कोरोना भाइरसको कारण माहाकालीको बादी बस्ती खाद्यान्न समस्याले झनै थलिएको छ् ।

बस्तीमा माग्न घर आउदा कोरोना संक्रमण फैलिने भन्दै उनिहरुलाई अन्नपात नदिएर धपाईदिने गरेको सपना बादी बताउँछन् ।

बादी बस्तीमा खाद्यान्नको निकै सकस छ् । उनिहरुको चुल्हा जलाउनै धौं धौं परेको अवस्थामा माइती नेपाल कञ्चनपुरले संचालन गरेको सामुदायिक भान्सा अभियान बादी बस्तीको लागी बरदान साबित भएको छ् ।

बादी बस्तीमा दैनिक एक छाक माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान थालेपछि बस्तीमा खुशी छाएको सपना बादी बताउछन् । बादी बस्ती लगाएत आसपासका बस्तीमा माइती नेपालको सामुदायिक भान्साले स्थानियहरुमा निकै प्रभावित बनायो ।

स्थानिय पुजा बादी भन्छन्– ‘माइती नेपालले संचालन गरेको सामुदायिक भान्सा अभियानले दैनिक एक छाकले खाद्यान्न बचत भएको छ् ।’

गरिब तथा बिपन्न बस्तीमा लकडाउनको कारण खाद्यान्न अभाव भएको बेला एक छाक निशुल्क खाना पाउदा आफुहरु निकै मख्ख भएको माहाकाली नगरपालिका वडा नं। ६ बादी बस्तीमा पुजा बादी बताउछन् ।

बिहान १० बजे भिमदत्त नगरपालिका स्थित रहेको माइती नेपालको टोलीले गरिब तथा अतिबिपन्नहरुलाई खाना पकाएर प्यकिङ गरेर बादी बस्तीमा पुगेपछि महिला तथा वालवालिका खाना लिन पुग्ने गरेका थिए ।

माहाकाली नगरपालिकाको वडा नं। ६ बादी बस्ती र वडा नं। ९ ढकनाघाट बस्तीमा माइती नेपाल कञ्चनपुरले ३ दिन सम्म नियमित एक छाक पोषिलो खाना खुवाएको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

गरिब तथा अतिबिपन्न बस्तीमा पुगी महिला तथा वालवालिकालाई एक छाक पोषिलो खाना खुवाउने कार्य निकै प्रभावकारी रहेको नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

माइती नेपाल कञ्चनपुरले लकडाउनको बेला खाद्यान्न अभाव भएका बिपन्न परिवारका लागी कञ्चनपुर क्षेत्रमा प्रत्येक दिन २ सय ५० जना महिला तथा वालवालिकालाई पोषिलो खाना बितरण गर्दै आएको माइती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टले बताएका छन्