काठमाडौंमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकलको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संकध्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here