जेठमा मात्र ९४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं १, साउन । गत जेठमा मात्र ९४ अर्ब रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवको सोही महिनामा रेमिट्यान्स ३ प्रतिशतले घटेको हो । सो अवधिमा मुलुकमा कुल ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले बढेको थियो ।

गत वैशाखमा रेमिट्यान्स ६ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ५.१ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here