स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं, २ साउन । स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई दुई एकको गोल अन्तरले हराउँदै लिगको उपाधि हात पारेको हो ।

रियलको यो इतिहासमै ३४ औं पटक स्पेनिस ला लिगाको उपाधि हो । रियलले लिगको एक खेल बाँही रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।

यता त्यही समयमा भएको खेलमा बार्सिलोना घरेलु मैदानमा ओसासुनासँग दुई एकले हारेपछि रियालले उपाधि पक्का गर्यो । बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए ।

६२ औं मिनेटमा मेस्सीले फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे पनि ७५ औं मिनेटमा ओसासुना १० खेलाडीमा झरेको थियो । तर पनि उसले इञ्जुरी समयमा रोबर्टो टोरेसको गोलमा दुई एकको जित सुनिश्चित गर्यो ।

जितसँगै रियलले ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै लिग च्याम्पियन बन्यो । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ । भिलारियल ५७ अंकसहित पाँचौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here