कास्कीको माछापुच्छ्रेमा पहिरो: तीनजनाको मृत्यु

फाइलफोटो

काठमाडौं, २ साउन । कास्कीको गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ।

गएरातिदेखि अविरल परेको वर्षाका कारण माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घरमा छजना बस्दै आएको भए पनि मृतकका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति सकुशलै रहेका छन्।

तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए। उनीहरु सुतेको कोठा पहिरोले च्यापेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here