नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो

प्रतिकात्मक तस्बिर

काठमाडौं, २ साउन । । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठान स्रोतले जनाएको छ ।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो।

उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here