दिउँसो ३ बजे मौद्रिक नीति आउँदै, सेयर धितोमा कर्जाको सीमा बढ्यो

काठमाडौं २, साउन । राष्ट्र बैंकले आज दिउँसो ३ बजे चालू आर्थिक वर्षको मौद्रिक नीति जारी गर्ने भएको छ । बिहान बसेको सञ्चालक समितिको बैठकबाट पारित भएपछि दिउँसो नीति जारी गर्न लागिएको हो ।

मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाइएको छ भने बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरिएको छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थामा तरलता सहज गराउनुका साथै सेयर धितोमा कर्जा लिनेको संख्या पनि बढ्नेछ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने जानकारहरुले बताएका छन् ।

मौद्रिक नीतिमा प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत कृषि, उर्जा, पर्यटनलयागतमा गरी कुल लगानीको २५ प्रतिशत अनिवार्य रुपमा कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था केही परिमार्जन गरिएको छ ।

कोभिडबाट प्रभावित ऋणीलाई सावा र ब्याज भुक्तानीकालागि तीन महिना देखि एक वर्षसम्म समयावधि पाउने भएका छन् ।

दीर्घकालिन तरलता व्यवस्थापनका लागि लामो अवधिको रिपो र निक्षेप संकलन उपकारण जारी गर्ने बारे पनि मौद्रिक नीतिमा व्इवस्था गरिएको छ ।

मर्जर तथा एक्विजिसनमा पनि मौद्रिक नीतिमा समावेस रहेको बताइएको छ । तर, बाध्यात्मक मर्जरको नीति यसपाली पनि नभएको स्रोतले बताएको छ ।

भुक्तानी सेवा प्रदायक र सञ्चालकको लाइसेन्स बन्द गरिने भएको छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाको नयाँ अनुमति पत्र बन्द गर्ने व्यवस्था पनि मौद्रिक नीतिमा परेको छ ।