गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं, २ साउन । गण्डकी प्रदेशमा थप २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माद्धारा जारी विज्ञप्ति अनुसार शुक्रबार तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २५ जनामा कोरोना भाइरस पोजिटिभ देखिएका हुन् । थपिएका मध्ये

तनहुँमा ७ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here