१५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज, किसानलाई क्रेडिट कार्ड

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले एक दशकमा १५० वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

मर्जर तथा एक्वीजीसन प्रक्रियामा गएका बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज गरिएको जानाकारी दिए । ।

अधिकारीका अनुसार यो एक दशकमा १९६ बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्वीजीसन प्रक्रियामा सहभागी भएका थिए । यसरी मर्जर र एक्वीजीसन प्रक्रियामा गएर ४६ वटा बैंक तथा वित्तीय संस्था कायम भएका हुन् ।

बाँकी रहेका १५० वटा बैंक वित्तीय संस्थाको लाइसेन्स खारेज भएको हो । त्यस्तै सरकारले कृषकलाई कृषक क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को चालू आर्थिक वर्षकोमा राष्ट्र गभर्नर महप्रसाद अधिकारीले कृषकलाई कृषि विकास बैंक मार्फत कृषकलाई क्रेडिट कार्ड उपलब्ध गराउने बताएका हुन ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here