पन्ध्र हजारले पाए नेपाल एग्रो लघुवित्तको सेयर

काठमाडौं, १७ वैशाख । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङले मंगलबार सेयर बाँडफाँट गरेको हो ।

बाँडफाँटबाट १५ हजार १ सय २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । ती लगानीकर्तालाई कुल १ लाख ५१ हजार २ सय कित्ता सेयर वितरण गरिएको हो । आह्वान गरिएभन्दा करीब ४२ गुणा भन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको थियो ।

कम्पनीले वैशाख ८ देखि ११ गतेसम्म सेयर आवेदन संकलन गरेको थियो । कम्पनीले कुल १ लाख ६१ हजार ७ सय ७८ कित्ता प्राथमिक सेयर निष्कासन गरेको थियो । जसमध्ये २ हजार ४ सय ८९ कित्ता कर्मचारी र ८ हजार ८९ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

कम्पनीको सेयरमा कुल ३ लाख १५ हजार ६ सय ३० आवेदन परेको थियो । त्यसमध्ये ७ सय ५ आवेदन रद्द भइ ३ लाख १४ हजार ९ सय २५ आवेदन स्वीकृत भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here