थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५ सय ३४

काठमाडौं, २ साउन । नेपालमा शुक्रबार थप २ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

योसहित नेपालमा हालसम्म ११ हजार ५३४ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

बिहीबारसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here