रिद्धी सिद्धिले दियो पोखरामा ओपीसी सिमेण्टको प्राविधिक ज्ञान

काठमाडौं, १७ बैशाख । रिद्धी सिद्धि सिमेन्टले भर्खरै बजारमा ल्याएको ओपीसी सिमेन्टको बारेमा प्राविधिक ज्ञान दिनका लागि पोखरामा एक कार्यक्रमको आयोजना गरेको छ ।

पोखराको सिटी स्क्वायर ब्यांक्वेटमा निर्माण व्यवसायीहरुको सम्मेलन आयोजना गरी उनीहलाई रिद्धी सिद्धी सिमेन्टको प्रयोग तथा यसको विशेषतासम्बन्धी जानकारी दिइएको कम्पनीले बताएको छ ।

कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले कम्पनीले प्रयोगमा ल्याएको नविनतम प्रविधिले नेपाली सिमेन्ट वजारमा नयाँ आयाम ल्याएको बताए । उनले यसको उपयोगिता, उचित प्रयोग तथा गुणस्तरबारे चर्चा गरेका थिए ।

पोखरा निर्माण व्यवसायी समितीका अध्यक्ष अर्जुन थापा एवं लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष राम बहादुर गुरुङले रिद्धी सिद्धि सिमेन्टले प्रयोगमा ल्याएको रोबो ल्याब एवं लेजरशील प्रविधिले मानवीय त्रुटीबाट हुन सक्ने समस्या रोक्ने भएकाले छिट्टै उपभोक्ताको मन जित्नुको साथै वजारमा हुने गरेका सिमेन्ट चुहावट नियन्त्रण रोक्नमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here