बैंकको सेवा शुल्कमा कडाई, साढे १ प्रतिशतभन्दा बढी लिन नपाइने

काठमाडौं २, साउन । बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कमा कडाइ गरिएको छ ।

जस अनुसार कर्जा स्वीकृति गर्दा सेवा शुल्क बापत वाणिज्य बैंकले अघिकतम ०.७५ प्रतिशत, विकास वैंकले १ प्रतिशत, वित्त कम्पनीले १.५० प्रतिशत र लघु वित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म मात्र लिन पाउने छन् ।

यस्तै, हरेक बैकिङ गतिविधिमा केवाईसी चाहिने व्यवस्थालाई केही सरल बनाउदै त्यसमा एकद्वार नीति गर्ने राष्ट्र बैंकले बताएको छ ।

कोभिड १९ को कारणले साँवा वा व्याजको भुक्तानी म्याद थप गरेवापत ग्राहकबाट पेनाल ब्याज, शुल्क वा हर्जाना लिन नपाइने व्यवस्था गरिनेछ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here