आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं, ३ साउन । नेपालभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित छ।

त्यसको कारण आइतबारदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यो हप्ता देशैभर ठूलै वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप व्यापक हुने देखिएको छ । विशेषगरी सोमबारदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन ३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र सुदुर पश्चिम प्रदेश, प्रदेश १ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन ५ गते (सोमबार)

दिउँसोः देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश केही स्थानहरुमा र प्रदेश २, सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेशका र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५ का केही स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।