थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज

काठमाडौं, ३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमुना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।

कुल संक्रमितमध्ये ४० जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here