धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, यस्ता छन् प्राथमिकता

काठमाडौं, ४ साउन । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम आगामी आइतबार सार्वजनिक हुँदैछ ।

बोर्डको चालु आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आइतबार दिउँसो ३ बजे वेबिनारमार्फत बोर्डको अफिसियल फेसबुक पेजमार्फत लाइभ प्रशारण हुनेछ ।

कोमोडिटी बजार र ऋणपत्रको कारोबारलाई यस आर्थिक वर्षमा सक्रिय बनाइने नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखिएको बोर्डले जनाएको छ ।

रियल सेक्टरलाई बुक बिल्डिङ विधिमार्फत पूँजीबजारमा यसै वर्षदेखि ल्याउन बोर्डको पहल रहेको स्रोतको दाबी छ ।

यस्तै धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने, सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गरी सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजारमा नियमति कारोवार हुने व्यवस्था मिलाउने भएको छ ।

बोर्डले इन्डेक्स फण्ड तथा इक्यूटी डेरिभेटिभ्स औजार जारी गर्न सक्ने व्यवस्था सहितको नीति तथा कार्यक्रम ल्याउन लागेको छ ।

नीति तथा कार्यक्रममा नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरु अवलम्बन गर्ने सम्बन्धमा अध्ययन गर्ने बिषय समेत राखेको छ।

धितोपत्र बोर्डले संघीयताको अवधारणासंग पूँजी बजारलाई जोड्ने नीति लिएको छ। यस्त सेटलमेन्ट ग्यारेन्टी फण्डको आकार बढाउने भएको छ । धितोपत्र व्यवसायीको क्षेत्र, दायरा तथा कार्यहरू विस्तार गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डद्वारा सार्वजनिक हुने नीति तथा कार्यक्रममा गत आर्थिक वर्षमा बोर्डद्वारा भएका कार्यहरुको समीक्षा र चालू आर्थिक वर्षमा गर्ने योजना तथा कार्यक्रमहरु समावेश हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here