८ मिनेट कारोबार हुँदा नेप्से ८४.२६ अंकले वृद्धि, कारोबार बन्द

काठमाडौं, ४ साउन । सेयर बजार परिसूचक नेप्से ६ प्रतिशत अर्थात ८४.२६ अंकले बढेपछि आइतबार पूरै दिनका लागि कारोबार बन्द भएको छ।

बजार खुलेको ६ मिनेटमै पहिलो पोजेटिभ सर्किट लागेको सेयर बजार त्यसपछि २० मिनेट कारोबार रोकिएर पुनः खुलेको बजार १ मिनेटकै दोस्रो सर्किट थियो ।

त्यसपछि पुनः खुलेको बजार १ मिनेटमै ६ प्रतिशतले बढेर बन्द भएको हो ।

नेप्से ८४.५६ अंक बढेर १४७९.०३ बिन्दुमा पुगेको छ। यस अवधिमा १११ कम्पनीका १ लाख ८० हजार कित्ता सेयर ६ करोड २५ लाख रुपैयाँमा खरीद बिक्री भएका छन्।

पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको बजारमा २२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार भएका १० वटा समूहमध्ये सामूहिक लगानी कोष बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै जीवन बीमा समूहको परिसूचक ५४८.६६ अंकले बढेको छ ।

आज डेढ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुँरास लघुवित्त, नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक लगायत डेढ दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।