मौद्रिक नीतिको प्रभाव: सेयर बजारमा लगानीकर्ता थप उत्साहित

काठमाडौं, ४ साउन । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको पहिलो दिनको सेयर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

शुक्रबार आएको मौद्रिक नीतिले सेयर धितोमा दिइने कर्जालाई खुकुलो बनाएसँगै लागानीकर्ताहरु भुम्मिएका छन् ।

मौद्रिक नीतिमा सेयर मार्जिन लेन्डिङ सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याइएपछि लगानीकर्ता थप उत्साहित हुँदा बजारले तीव्र रुपमा बढेको छ । बैकिङ क्षेत्रमा अधिक तरलता भएपछि बैंकहरूले ब्याजदरमा गरेको भद्र सहमति खारेजले पनि बजारमा प्रभाव परेको छ ।

पछिल्लो १८० दिनको औसत मूल्य गणना गर्नुपर्ने व्यवस्था रहेकोमा १२० दिन कायम गरिएको छ। यसको अर्थ १२० दिनको सेयरको औसत मूल्य गणना गरी सोको ७० प्रतिशतसम्म ऋण पाइनेछ।

यस्ता व्यवस्थाले लगानीकर्ताको मनोबल उच्च हुँदा बजार बुम भएको अनुमान गर्न सकिन्छ ।

त्यस्तै दोस्रो पक्ष, कर्जा स्रोत परिचालन अनुपात (सिसिडी रेसियो) को सीमा ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत कायम गरिएको छ। यसले गर्दा अब बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनेछ। जसले गर्दा लगानीकर्ता थप उत्साहित बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here