सोमबारदेखि सार्वजनिक गाडी चलाउन व्यवसायी तयार

फाइलफोटो

काठमाडौं, ४ साउन । सरकारको निर्णयअनुसार सोमबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवासायीहरु तयार भएका छन् । सरकारले असार २६ गते यातायात सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

यातायात व्यवस्था विभागमा आइतबार भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन् । सरकारले असार २६ गतेदेखि नै छोटो दूरीका यातायात सञ्चालन गर्न दिए पनि विभिन्न माग राख्दै व्यावसायीले गाडी चलाएका थिएनन् ।

व्यावसायीले राखेको अधिकांश मागहरु शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सम्बोधन गरेपछि सरकारी निर्णयअनुसार व्यवसायी गाडी चलाउन तयार भएका हुन् ।

विभागले व्यावसायीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

अहिले अन्तर जिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकाको हकमा काठमाण्डौ, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् । अहिले पनि साझा यातायात, मयूर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् ।

व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here