पीएसओ र पीएसपीको नयाँ लाइसेन्स स्थगित

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक ९पीएसपी० को नयाँ अनुमति प्रदान गर्ने कार्य स्थगित गरेको छ ।

राष्ट्र बैंकले एक सूचना निकाल्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्था अनुसार आइतबारबाट सैद्धान्तिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको जनाएको हो ।

भुक्तानी सेवाप्रदायक कम्पनीले आगामी आर्थिक वर्ष २०७८ असार मसान्तसम्म मासिक औसत कारोबार ६ लाख र ३ लाख ग्राहक नपुर्याए अनुमतिपत्र खारेज गर्ने व्यवस्था मौद्रिक नीतिमा छ ।

राष्ट्र बैंकबाट हालसम्म ९ वटा संस्थाले भुक्तानी प्रणाली सञ्चालक र १४ वटा संस्थाले भुक्तानी सेवा प्रदायकको अनुमति लिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here